आस्था /आध्यात्म

सबैभन्दा ठुलो भक्ति गुरुको आदेशलाई पालन गर्नु हो– नर बहादुर रावल (अध्यक्ष– स.नि.मं नेपाल)

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुनरवास, ७ साउन । कञ्चनपुरको पुनरवास सत्संगमा भवनमा आयोजित सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले सबैभन्दा ठुलो भक्ति भनेको गुरुको आदेशलाई पालन गर्नु बताउनु भएको छ ।
आज संसारमा मानवले भक्ति अनेक प्रकारले गरिरहेका छन् । हामीले भक्ति गर्न अनेकौं कर्म–काण्ड, पूजा–आज, वर्त गरिरहेका थियौं । हामीलाई योपनि थाह थिएनकि हामी कसको पूजा र भक्ति गरिरहेका छौ, त्यसलाई जानेका थिएनौं । जब सत्गुरुको अपार कृपाभयो हामीलाई साक्षात निराकारको जानकारी गराउनुभयो । यसको जाकारी पाएर आज हामी भक्ति गरिहेका छौ, यो भक्ति हाम्रो दृढ र प्रवल भएको छ किनभने हामीलाई निराकारको राम्रोसंग जानकारी भएको छ । यो सबै गुरुको कृपा हो । यदि हामी गुरुमतमा सधैं हिड्छौ, उनको आदेशको पालना गर्छौ भने हाम्रो जीवनको कल्याण हुनेछ । तर गुरुबाट ज्ञान पाएर पनि मनमतमा हिड्छौ भने हाम्रो जीवनको कहिल्यै कल्याण हुँदैन । सबैभन्दा ठुलो भक्ति भनेको नै गुरुको आदेशलाई पालन गर्नु हो । गुरुबाट जस्तो आदेश आउँछ त्यसलाई हु–ब–हु कर्ममा उतार्नु नै भक्ति हो । त्यसैले भनिएको छ– ‘ज्ञान कर्म मे ढल जाये तो जीवन श्रृंगार बन जाये’ । यदि ज्ञान हाम्रो जीवनमा ढल्छ भने हाम्रो जीवनको उद्धार हुन जान्छ । ज्ञानलाई कर्ममा उतारेपछि मात्र जीवन सार्थक हुन सक्छ केवल मुखले बोलेर कसैको जीवनको कल्याण हुने छैन, उहाँले बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयोकि जबसम्म हामी माथि निराकार सत्गुरुको कृपा हुँदैन, तबसम्म हाम्रो मनले चाहेर कुनैपनि कार्य सम्भव हुँदैन, यो हामीलाई थाह छ । कोभिडको कारण करिब दुई वर्षसम्म संसार नै ग्रसित भएको थियो, प्रत्येक ठाउँमा हाम्रो जस्तो आध्यात्मिक संस्थाहरु, मठ–मन्दिरहरु पनि संचालनमा आए तर सत्गुरुको आदेश आयोकि जबसम्म यसको राम्रोसंग निर्मूल हुँदैन, तबसम्म भौतिक रुपमा सत्संग संचालन नगर्नु । जब कोभिडको प्रभाव कमभयो तब सत्गुरुको आदेश आयोकि नेपाल लगायत विश्वका विभिन्न ठाउँका सत्संग भवनमा भौतिक रुपमा सत्संग चंलान गर्नु । त्यसबेलादेखि विभिन्न ठाउँका सत्संगमा भौतिक रुपमा उपस्थिति भएर सन्तहरुको दर्शन गर्ने शौभाग्य प्राप्त भइरहेको छ, यो सबै सत्गुरुको कृपा हो । चैत्रको पहिलो हप्तादेखि नै देशका विभिन्न ठाउँमा जाने मौका मिल्यो । आज सन्तहरुले आफ्नो नजिकका सत्संग भवनमा गएर भौतिक उपस्थितिमा सत्संग गर्ने सु–अवसर प्राप्त गरिरहेका छन् ।

बिज्ञापन

सत्संगको महत्वमाथि प्रकाश पार्दै उहाँले भन्नुभयो सत्संगको आवश्यकता किन छ भन्दा हाम्रो माता नै सत्संग हो । सत्गुरुरुपी माताको कृपाबाट पितारुपी परमात्माको जानकारी भयो । पहिले भौतिक घरलाई हामीले आफ्नो मानिरहेका थियौं, हाम्रो ठिकाना कहाँ छ त्यो थाह थिएन । सत्गुरुको कृपालबाट जानकारी भयोकि निराकार मेरो घर हो, म निराकारबाट आएको हुुँ र निराकारमा नै जानु छ सत्गुरुले जानकारी गराउनुभयो । तर निराकारसंग मिलन हुनको लागि मुखले भनेर, भजन–किर्तन गरेर मात्र सम्भव छैन । निराकारलाई जानेर परमात्मासंग आत्मालाई जोड्न सकेमात्र सम्भव छ, त्यसपछि लोक सुखी परलोक सुहेला हुन्छ । सत्गुरुको कृपा हुँदा हामीले सच्चा दरबार पायो, मानव योनि पाएको सार्थक भएको छ ।
हामीलाई थाह हुनु जरुरी छकि संसारमा मानव योनि पाएर जुन राम्रो कार्य गर्ने छौ, त्यही हाम्रो साथमा जाने हो । जस्तो कर्म गर्ने छौ, त्यस्तै फल पाउने छौ । अहंकार हाम्रो मनमा आउनु हुँदैन, रावण विद्वान भएर पनि उसको मरण कस्तो भयो त्यो हामी सबैलाई थाह छ भने भक्त प्रह्लाद, भक्त हनुमानको चर्चा आज सबैतिर भइरहेको छ । तसर्थ, आऊँ हामी पनि तन, मन, धनलाई यस निराकारलाई समर्पण गरेर सत्संग गर्दै जाऔं उहाँले सबैलाई आग्रह गर्नुभयो ।

उक्त सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय प्रचार विभाग प्रमुख देवराज रिमाल, सन्त निरंकारी नेपाली मासिक पत्रिकाका सम्पादक पूर्ण कुमाल, गायक नन्दलाल, तेज बहादुर बोहरा, पुनरवास सत्संग भवनका मुखी राम प्रसाद गुरुङ, स्थानीय सन्त मोति सिंह, मनविर सुनार, हिरा सिंह, डिल्ली सिंह, हरिधन, शिव राना, भैरव सिंह कुँवर, बाबुराम, इतनर सिंह राना, दल बहादुर सुनार, मुना, चन्द्रा, इन्द्रा, भारती, मिरा, पूजा अमृता कमला, उमा र ज्योतिले आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन किरण विश्वकर्माले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।