आज नागपञ्चमी अष्टनागको चित्र टासेर पुजा गरिदै ..

आज श्रवण १७ मंगलबार शुक्ल पञ्चमी अर्थात नाग नागपञ्चमी
आज को दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरसंगै घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ ।
आज देखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्तनाग, बासुकीनाग , पद्मनाग, महापद्मनाग, तक्षकनाग , कुलीरनाग, कर्कटनाग र शङ्खनाग गरी अष्टनागको मिश्रण रहेको चित्र टाँस्नाले घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने कुनै अनिष्ट नहुने धार्मिक विश्वास रहेको छ ।
ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता समेत रहेको छ।
नाग पञ्चमीमा नाग देवताका लागी व्रत पनि लिने गरिन्छ । यस व्रतमा पूरै दिन भोजन नगरेर बस्ने सूर्यास्त पछि नाग देवतालाई खिरको प्रसाद नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी प्रसादका रूपमा घरपरिवार वा आफन्तमा वितरण गरेर मात्रै आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ।
व्रत अवधिभरि कुनै किसिमको भोजन नलिने र व्रत समाप्तिमा समेत भोजनमा नुन, तेल लगायत प्रयोग भएर बनेका परिकारहरूको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
