राष्ट्रिय समाचार

कंचनपुरको चौधर नदिको बाढी बस्तीमा पस्यो स्थानीयको भागाभाग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चौधर नदीको बाढी कञ्चनपुरको बस्तीमा पसेको छ।

कञ्चनपुरको वेदकोट नगरपालिका–४मा रहेको सार्कीपार्की गाउँको बस्तीमा हिजाे रातिदेखि आएकाे बाढिका कारण नदिले निरन्तर जग्गा कटान गरेर बाढी बस्तीमा पसेको हो।

बिज्ञापन

बाढीका कारण बस्ती पूरै जोखिममा रहेकोले स्थानीयवासी सुरक्षित स्थान तर्फ स्थानान्तरण हुने खोजीमा छन् । सशस्त्र प्रहरी संगै स्थानीय अहिले उद्धारको निम्ति सहकार्यमा लागी परेका छ्न। गए राति आएको बाढीले सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थान तिर स्थानान्तरण गरिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरले जनाएको छ ।

शैलेश्वर गणका अनुसार बाढीबाट स्थानीय किसन भुल, हरिश भुल, रङी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठोसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ । सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् । नदि कटानले आएको बाढीका कारण उक्त क्षेत्रमा अतिजोखिममा रहेका घर पनि सशस्त्र प्रहरीले हटाउन थालेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।