तातोपानी भन्सार बाट आएका विल लोडर भक्तपुरको आकाशेपुल क्रस नहुदा अलपत्र

काठमाडौ १८ साउन चाइनाको तातोपानी भन्सार बाट टेलरमा लोड गराएर ल्याइएका विल लोडर भक्तपुर चुनदेवी नजिक रहेको आकाशे पुल बाट क्रस नहुदा डिलेभरीमा समस्या संगै पुलमुनी अलपत्र परेका छ्न।

पोलिचग्डा इन्जिनियरिङ कम्पनीले हंकङ बाट फास्ट ट्र्याक निर्माण गर्नका निम्ति आयात गरेका २ विललोडर यसरी आकाशे पुल मुनि बस्नु पर्दा आफुहरुलाइ समस्या परेको टेलरका चालक टाइसन हुमागाइ,र दिपक लामा ले मालिका समाचार लाई बताए ।

टेलर चालक हुमागाइका अनुसार ट्राफिक प्रहरी बिटमा आफु हरुले कुरा गर्दा आफुहरु लाई सहजीकरण गर्न विपरीत साइडको पुलको उचाई नापेर हेर्न र त्यसतर्फबाट निकासको सम्भावना भय त्यस तर्फबाट लैजाने वातावरणको निम्ति माथिल्लो निकाय सम्म पहल गरिदिने आश्वासन दिएको बताए ।

राजधानीका धेरै जसो आकाशेपुलहरु धेरै होचा भएकाकारण राजधानीमा ठुला उचा मेसिनरी सामान हरु भित्र्याउन निकै कठिनाइ हुने गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.