राष्ट्रिय समाचार

इम्बोस्ड नम्बर प्लेटमा अनियमिता विरुद्ध युवा संघको उजुरी पछि कार्यलय सुनसान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ :रइम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको भएको भन्दै राष्ट्रिय युवा संघ नेपालले छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ ।

दिएको उजुरीमा अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन गरि कारबाहीको माग गरिएको छ ।
युवा संघ नेपालका नेता कार्यकर्तासहित अख्तियर दुरुपयोग अनुसन्धान कार्यलय पुगेको टोलीले विश्व बैंकले समेत कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर छाप्ने ठेक्का किन दिएको भन्दै प्रश्न समेत गरेको छ।

बिज्ञापन

सबै नेपाली हरुले सहजै बुझ्ने गरि इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन नराख्ने ? साथै जनतालाई दबाब पर्ने गरि एकमहिनाभित्रै इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने किन ? लगायतका आधा दर्जन प्रश्न गरेको छ

ठेक्का दिदा कालो सुचीमा परेका कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको ठेक्का दिइएको र इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपी नराखिनुको कारण, एक महिनाभित्रै इम्बोस्ड जडान गर्नुपर्ने किन र जनतामाथि अस्वाभाविक महँगी र दबाब किन दिइएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएको युवा संघ स्थायी कमिटी सदस्य निराेज पाैडेलले बताए

युवा संघले यातायात विभाग अगाडि प्रदर्शन गर्दै इम्बोस्ड नम्बर प्रकरणमा प्रधानमन्त्री परिवारकै मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको आरोप समेत लगाएको छ।

इम्बोस्ड नम्बर प्लेटमा सरकारले जबर्जस्ती गरेको भन्दै एमाले केन्द्रीय सदस्यसमेत रहेका युवा संघ अध्यक्ष किरण पौडेलले नाम किटान गर्दै प्रधानमन्त्री देउवा पत्नी आरजुका भाइ भूषण राणाको सेटिङमा चलखेल भइरहेको आरोप लगाए।

इम्बोस्ड नम्बर दर्ता कार्यलय गुजुधारा

युवा संघ नेपालले दिएको उजुरी पछि बिहिबार दुई पाङ्ग्रे सवारी साधन यातायात कार्यलय गुजुधारा स्थित इम्बोस्ड नम्बर दर्ता कार्यलयमा पनि सुनसान देखिएको छ मोटरसाइकल सम्बन्धि विभिन्न लिएर आएका युवाहरूलाई लाई बुझ्दै सरकारले अनाहकमा जनता माथी आर्थिक भार थुपार्ने र नितिगत भ्रष्टाचार गर्ने अखाडाको रुपमा इम्बोस्ड नम्बर दर्ता कार्यलय स्थापना गरेको बताएका छ्न।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।