प्रवास

प्रवासी नेपाली संघ भारत गुजरात राज्यमा बैठक सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टेक रावल भिजन गुजरात

प्रवासी नेपाली संघ भारत गुजरात राज्य समिति अन्तर्गत पर्ने जामनगर नगर समितिको दोस्रोपूर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै जामनगर स्थित पञ्चवटी गार्डनमा भब्य रुपमा सम्पन्न भएको छ । भीम बहादुर टमट्टाको अध्यक्षतामा बसेको बैठक को संचालन तपेन्द्र ताम्राकारले गरेका थिए ।

बिज्ञापन

उक्त बैठकमा प्रमुख अतिथि, प्रवासी नेपाली संघ भारत केन्द्रिय सचिवालय सदस्य तथा गुजरात राज्य समिति इन्चार्ज टेक रावल भीजन अन्य अतिथिमा प्रवासी नेपाली संघ भारत गुजरात राज्य समितिका सदस्य पुरन विक रहेका थिए।

प्रमुख अतिथि भीजनले मार्गदर्शन गर्दै प्रवासको बसाईका क्रममा भएका समस्या समाधान गर्न संगठनमा आबद्ध हुँदै प्रवासी नेपालीहरुले भारत प्रवासमा प्राप्त गर्ने हक,हित र अधिकार को बारेमा मार्गदर्शन गर्नु भएको थियो।निकट भविष्य मै सम्पन्न हुने नगरको दोस्रो सम्मेलन र महिलाहरुको महान पर्ने हरितालिका तिजको कार्यक्रम मा केन्द्रित हुन सबैलाई आग्रह गरे। बैठक ले दोस्रो नगर सम्मेलन सम्पन्न गर्न कार्यकारी नगर समिति लाई रुपान्तरण गरेर आयोजक समिति परिणत गरेको छ।

संयोजक भीम बहादुर टम्ट्टा,सह संयोजक प्रताप लुहार,सचिव तपेन्द्र ताम्राकार,सहसचिव भक्त विक, कोषाध्यक्ष कृष्ण परियार लगायत सदस्यहरुको आयोजक समिति निर्माण गरेको छ।त्यस्तै तिज कार्यक्रम सम्पन्न गर्ने र संगठन निर्माण र विस्तारमा सक्रिय भएर लाग्ने लगायत महत्त्वपूर्ण निर्णय गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।