घटना

चितुवाको छाला सहित ४ पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ २० साउन
कैलाली जिल्ला प्रहरी कार्यलयले चितुवाको छाला सहित ४ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यलय कैलालीको आधिकारिक पेज बाट लिएको जस्ताको तस्तै रिपोर्ट मिति २०७९।०४।२० गते अं. २४:१५ बजेको समयमा जिल्ला कैलाली गोदावरी न.पा. वडा नं. ०२ अत्तरिया तर्फ अवैध किसिमको बाघको छाला ओसार-पसार भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा आर आई टी र ई.प्र.का. मालखेतीबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. ०२ तेघरी खानेपानी ट्याङ्की नजिक सडकमा पुग्दा बुडरबाट धनगढी तर्फ आएको सु.प.प्र. ०४-००१ च ०००६ नं. बोलेरो जिप रोक्न खोज्दा तत्काल नरोकेकोले शंका लागी उक्त जिपको पिछा गरी रोकी हेर्दा जिल्ला डोटी जोरायल गा.पा. वडा नं. ०२ बस्ने समिर ओलीले चलाएको उक्त बोलेरो जिपको बिचको सिटमा जिल्ला कैलाली चुरे गाउपालिका वडा नं. ०६ बस्ने टेक बहादुर रावत, ऐ.ऐ. बस्ने धिरेन्द्र रावत बसेको, निजहरु बसेको बिच भागमा सेतो प्लाष्टिक कट्टा खोली हेर्दा चितुवाको छाला थान-१ र हड्डीहरु फेला परेको उक्त जिपको अगाडी सिट बसेका जि. बैतडी डिलासैन गा.पा. वडा नं. ०२ बस्ने राजेन्द्र सिंह भण्डारी समेत ४ जनालाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछको क्रममा मिति २०७९।०४।१९ गते रातीको समयमा समिर ओलीले बुडरबाट बोलेरो जिप चलाई ल्याई फल्टुडेमा बाघको छाला र हड्डी सहित टेक बहादुर रावत र धिरेन्द्र रावतले उक्त सवारी साधन प्रयोग गरी बाघको छाला ओसार पसारमा सहयोग पुर्याउने चालक समिर ओली र राजेन्द्र सिंह भण्डारी समेतको मिलोमतोमा अत्तरिया तर्फ बिक्री गर्ने उद्देश्यले ल्याउने क्रममा बिषेश सुचनाको आधारमा उक्त गाडीमा भएका ४ जना र टाउको देखी पुच्छर सम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाई ३ फिट २ ईन्च, चौडाई २ फिट २ ईन्च भएको चितुवाको छाला र प्लाष्टिकको कट्टा सहित हड्डी २ के.जी. रहेको उक्त दशिको माल सामान रितपुर्वक बरामद गरी निजहरुलाई ई.प्र.का. मालखेतीको नियन्त्रणमा लिई जिल्ला वन कार्यालय कैलाली पठाउने कार्य भईरहेको ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।