राजनीति

महासचिव देव गुरुङ भन्छन्- पद मागेर पाइने होइन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन भएका छन् । शनिबार बसेको स्थायी समिति बैठकले गुरुङलाई महासचिवमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

महासचिवमा चयनपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले कम्युनिस्ट पार्टीमा आफ्नो टिम बनाउने अधिकार नेतृत्वको नै हुने बताएका छन् । महासचिव गुरुङले पद मागेर पाउने विषय नभएको बताएका हुन् ।

बिज्ञापन

‘कम्युनिस्ट पार्टीमा कार्यकारी टिम बनाउने, पदाधिकारीको टिमको प्रस्ताव राख्ने अथोरिटी अध्यक्षको नै हो’, महासचिव गुरुङले भने, ‘मैले सुरुदेखि नै पद मागदावी गर्ने होइन भन्दै आएको छु ।’

‘बहुपदमा जाने सिष्टम पनि कम्युनिस्ट आन्दोलनमा कमै अभ्यास भएको विषय हो’, उनले भने, ‘ बहुपदमा गए पनि पदको मागदावी गर्नु राम्रो होइन, पार्टीले जे जिम्मेवारी दिन्छ, त्यो स्वीकार गर्ने हो ।’

पार्टीमा एकीकृत नेतृत्व प्रणाली बलियो बनाउन आफूले जोड दिने महासचिव गुरुङले बताए । महासचिवका लागि वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ मुख्य दाबेदार थिए ।

गुरुङ महासचिव बन्नुका मुख्य कारक अनन्त र प्रभाकर नै हुन् । अनन्त र प्रभाकर आफू नबने एकले अर्कोलाई बन्न नदिने खेलामा लागेका थिए । यस अर्थमा, दुवै दोस्रो विकल्पमा सफल भएका छन् ।

गुरुङ महासचिव बन्दा अनन्त र प्रभाकरले उपमहासचिवमा चित्त बुझाएका छन् । दुबै नेता आफू महासचिव बन्न असफल भए पनि एक अर्कालाई रोक्न भने सफल भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।