घटना

कैलालीको अत्तरियामा बिजुलीको तारमा झुण्डिएको अवस्थामा युवक मृत  फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीको अत्तरियामा  पसलको ट्वाइलेटमा युवक मृत  फेला परेका छन्। 
शनिवार साँझ गोदावरी नगरपालिका–१ वरपिपल गल्लीमा रहेको चौलागाईं वस्त्रालयमा काम गर्ने बैतडीको डिलाशैनी–७ घर भएका धर्म सिंह कार्कीका २२ वर्षीय छोरा जयन्तबहादुर कार्की मृत  फेला परेको प्रहरीले जनाएको छ । 

कार्की विगत २ वर्षदेखि उक्त वस्त्रालयमा कार्यरत थिए। उनी शनिबार साझँ साढे ७ बजे चारतले घरको 
चौथौ तल्लाको ट्वाइलेटमा  झुण्डिएको अवस्थामा फेला परेका थिए ।  

बिज्ञापन

शव वस्त्रालयका सञ्चालक शुवास चौलागाईंले कार्कीको शव ट्वाइलेटको होल्डरमा बिजुलीको तारमा झुण्डिएको अवस्थामा फेला परेको मृतक  कार्कीका काका पदम कार्कीले बताएका छन। 

होल्डरमा मसिनो तारले पासो लगाउन असम्भव भएकाले मृतकका काका पदमले उनको हत्या भएको आशंका गरेका छन्।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त घटनाबारे मालासखेति प्रहरीको टोलीले घटनास्थल अवलोकल गरि मुचुल्का बनाइरहेको जनाएको छ । यस्तै घटनाबारे अनुसन्धान भइरहेको प्रहीले जनाएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।