निहारिकालाई मधेस सरकारले ५ लाख रुपैयाँ दिने

जनकपुरधाम । कुमारी आमा निहारिका राजपुतलाई मधेस सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
आफू बलात्कृत भएको र बलात्कारीलाई अदालतले संरक्षण गरेको भन्दै महोत्तरीको जलेश्वर घर भएकी निहारिका काठमाडौंमा लामो समयदेखि आन्दोलनरत छिन् । उनलाई कानूनी लडाइ लड्न ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको मधेस सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

निहारिकाले धनुषाको महेन्द्रनगरका शिवराज श्रेष्ठमाथि बलात्कारको आरोप लगाएकी थिइन् । तर जिल्ला अदालतबाट श्रेष्ठ सफाइ पाए । पछि निहारिका आन्दोलन गर्दा अदालतले डिएनए परीक्षणको आदेश जारी गरेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
