विज्ञापन

धनगढी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार सुदूरपश्चिम आउने भएका छन् । एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली सुदूरपश्चिमको बझाङ आउन लागेका हुन् ।
सो कार्यक्रममा करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यति ठुलो सङ्ख्यामा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्न लागिएको हो ।
विज्ञापन

उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय झाँकी प्रर्दशन र देउडा प्रतियोगिता समेत आयोजना हुने बताइएको छ ।
विज्ञापन

अन्य समाचारहरु
राप्रपा नेपालद्धारा पार्टी एकताका लागि वार्तासमिति गठन
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन
उपसभामुख इन्दिरा रानाले रास्वपाबाट दिइन् राजीनामा