काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । आइतबार बिहान १० बजे नविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
विज्ञापन

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्नै नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गरेका छन् । ‘सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका थिए ।
भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता भन्ने नारासहित त्रिचन्द्र क्याम्पस प्रांगणमा आयोजना गरिएको विरोध प्रदर्शनमा नक्कली भुटानी शरणर्थी प्रकरणका आरोपीहरुमाथिको अनुसन्धान प्रभावकारी बनाउन दबाब दिएका छन् ।
विज्ञापन

अन्य समाचारहरु
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा