राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं : जसपा

बिज्ञापन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताएका छन् ।

बिज्ञापन

संसद् भवनमा बसेको सर्वदलीय बैठकपछि पत्रकारसित कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदैन कि भनेर कुनै शंका नगर्न आग्रह गरेका छन् ।

‘हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा गएर लिखित रुपमा हस्ताक्षर गरिसकेका छौं, मत दिन्छौं’, नेता यादवले भने । उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत हासिल गर्नेमा ढुक्क रहेको समेत बताए ।

बिज्ञापन