राजनीति

उपेन्द्रलाई बचाउन समाजवादी मोर्चा मधेशले गौर हत्याकाण्ड मुद्दा खारेजको माग गर्ने

बिज्ञापन

काठमाडौं । समाजवादी मोर्चा मधेश प्रदेशले गौर हत्याकाण्डको मुद्दा खारेजीको माग गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

जनकपुरमा आज बसेको मोर्चाको पहिलो बैठकले गौर घटना राजनीतिक मुद्दा भएकोले खारेज गर्नुपर्ने र त्यसका लागि आवाज उठाउने निर्णय गरेको हो ।

गौर घटना र अन्य राजनीतिक घटनामा चलाएको झुटा मुद्दाहरू पनि खारेजी गर्नुपर्ने माग गर्ने विषयमा छलफल भएको मोर्चाका संयोजक तथा जसपा नेता लालबाबु राउतले जानकारी दिए ।

गौर हत्याकाण्डका मुख्य आरोपी जसपा अध्यक्ष उपेन्द्र यादव छन् । यो मुद्दामा संलग्न सबैमाथि कारबाहीको माग पीडितहरूले गरेको र सरकार समेत माग पुरा गर्ने सम्झौता गरेपछि जसपा अध्यक्ष यादव डराएका छन् ।

गौर हत्याकाण्ड घटनाबाट यादवलाई जोगाउन जसपाले मधेशमा गतिविधि बढाएको छ । मोर्चाको संयोजक जसपाकै नेता राउत भएकोले नै गौर हत्याकाण्ड मुद्दा खारेजको मुद्दा बोक्न अन्य तीन दललाई सहमत गराएका हुन् ।

बिज्ञापन