राष्ट्रिय समाचार

७ लाख धरौटी बुझाउन नसकेपछि अरूणकुमार जेल चलान

बिज्ञापन

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका एक अभियुक्त जेल चलान भएका छन् ।

बिज्ञापन

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले रिहाइका लागि अरूणकमार श्रेष्ठसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो । तर, धरौटी रकम बुझाउन नसक्दा उनी केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् ।

श्रेष्ठ कारागार चलान भएको कारागारका जेलर ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार श्रेष्ठले धरौटी जुटाए छुट्न सक्छन् । तर धरौटी बुझाउन नसकेको अवस्थामा उनी फैसला नहुञ्जेलसम्म पनि कारागारमै बस्नुपर्ने हुन्छ ।

आइतबार इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग दुई करोड ४६ लाख धरौटी माग गरेको थियो । धरौटी बुझाएर उनीसहित १७ जना हिजै रिहा भइसकेका छन् ।

बिज्ञापन