राजनीति

एमाले चुनाव केन्द्रित बैठकमा, आज स्थायी कमिटी बस्दै

बिज्ञापन

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचनको तयारी तथा रणनीति बनाउन आजबाट केन्द्रीय तहका बैठकहरु आयोजना गरेको छ । एमाले स्थायी कमिटीको बैठक आज बोलाइएको छ ।

बिज्ञापन

विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले चुनावको तयारीका बारेमा छलफल गर्ने र पोलिटव्युरो तथा केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

एमालेले भदौ ९ गते पोलिटव्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनौटका मापदण्ड तथा चुनावी तयारुीका बारेमा निर्णय गर्नेछ ।

चुनावअघि एमालेको पोलिटव्युरो,केन्द्रीय कमिटीको बैठक सम्भवतः यो अन्तिम हुनेछ । टिकट वितरण लगायतका महत्वपूर्ण निर्णय सचिवालय बैठकबाट हुनेछन् ।

बिज्ञापन