राजनीति

काठमाडाैंकाे विभिन्न ठाउँमा गाडी ताेडफाेड, १६ जना पक्राउ

बिज्ञापन

काठमाडौं । काठमाडौंमा बन्द गराउँदै हिँडेका १६ जना बन्दकर्ता पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

बिज्ञापन

बन्दकर्ताले कोटेश्वरमा महासागर यातायात, थापागाउँमा नेपाल यातायात गाडी तोडफोड गरेका छन् । यस्तै डिल्लीबजारको सफ्टवारिका कलेज पनि तोडफोड भएको तोडफोड भएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले बन्दको आवह्रान गरेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भष्टाचारकोविरुद्ध उनीहरुले बन्द गराएको मोर्चाले जनाएको छ ।

बिज्ञापन