घटना समाचार

६ महिना अगाडि अष्ट्रेलिया गएका नेपाली विद्यार्थी मृत फेला

बिज्ञापन

अस्ट्रेलियाको मेलवर्नमा २१ वर्षिय नेपाली विद्यार्थी समिर कोइराला मृत अवस्थामा फेला परेका छन्।

बिज्ञापन

चितवन स्थायी घर भएका समिर बुधबार दिउँसो आफ्नै घरमा मृत अवस्थामा भेटिएको एनआरएन अस्ट्रेलियाले जानकारी दिएको छ। कुकरी अध्ययन गर्न ६ महिना अगाडि मात्रै अष्ट्रेलिया आएका समिर साथीभाइसँग बस्दै आएका थिए।

केही समयदेखि मानसिक तनावमा देखिएका समिरको असमायिक निधन बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। समिरको परिवारसँग समन्वय गरेर मृतकको शव नेपाल लाने अभियानमा एनआरएन विद्यार्थी काउन्सिल एडभाइजरी टिम लागिपरेको एनआरएनका पब्लीक अफिसर सुमन अधिकारीले जानकारी दिए।  

शव नेपाल पठाउन ‘गो फन्ड’ मार्फत सहयोग रकम संकलन सुरू भएको छ।

बिज्ञापन