घटना समाचार

बैतडीको सिगासका एक युवकको भारतमा सवारी दुर्घटनामा परी मृत्यु

बिज्ञापन

बैतडी – ५, साउन: बैतडीको सिगास गाउँपालिका घर भएका एक युवकको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ । गाउँपालिकाको वडा नं. ४ बिसौना घर भएका २० वर्षीय डम्बर सिह धामीको भारतको उँटीमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो ‌।

बिज्ञापन

१२ दिन पहिले मात्र रोजगारीको शिलशिलामा भारत गएका डम्बर सिह धामीको सवारी दुर्घटनामा परी हिजो अर्थात् ४ गते बिहिबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ‌।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार डम्बर १२ दिन पहिले मात्रै आफनै काका संग बेंगलुर गएका थिए । बेंगलुर गएका उनि होटेलमा काम गर्थे । डिउटीबाट काकाको क्वाटरमा जानेबेला उनलाई बिहीवार बिहान गाडीले ठक्कर दिएको थियो

गाडीको ठक्करबाट गम्भीर बनेका धामीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको आपन्त तिलकसिंह धामीले बताए । काका लगायत अन्य गाउँले दाजुभाई संगै पैँसा कमाउन विदेशिएका उनी अब कहिल्लै नफर्किने गरि यो संशारबाट बिदा भएका छन् । डम्बर घरको एक्लो छोरा हुन् । उनको घरमा श्रीमती र एक छोरी छन् ।

पैँसा कमाएर सुखि बनाउने सपना बाँडेर घरपरिवारबाट टाढिएका डम्बर अब कहिल्लै नफर्किने गरि अस्ताएका हुन् । कलिलै उमेरमा डम्बरको मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ ।

बिज्ञापन