
किभ । रुसको बम आक्रमणका कारण क्षतिग्रस्त अस्पतालबाट ज्यान जोगाउन भाग्ने क्रममा पत्रकारको क्यामेरामा कैद हुन पुगेकी एक गर्भवती महिलाले छोरी जन्माएकी छन् । ती महिला रहेको अस्पतालमा भएको आक्रमणमा तीन व्यक्तिको ज्यान गएको थियो ।

रगताम्य अनुहार लिएर हताश मनस्थितिमा अस्पतालको भग्नावशेषबाट निस्कँदै गरेकी ती महिलाको तस्बिर अनलाइनमा ’भाइरल’ भएको थियो । मारियाना भिसेगिस्र्काया नामक महिलाले अस्पतालमा आक्रमण भएको भोलिपल्ट टर्कीमा बच्चीलाई जन्म दिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि युक्रेनका विशेष दूत सर्गिय किस्लित्स्याले ती शिशुको नाम भेरोनिका रखिएको जानकारी दिएका छन् । संयुक्त राष्ट्रसंघमा टिप्पणी गर्ने क्रममा सर्गियले ती शिशु र उनकी आमाको तस्बिर बोक्दै गरेको दृश्यले युद्धको असर तथा प्रभाबबारे रुसले बोल्ने गरेको झुट उदांगो पारेको बताए ।
तर, संयुक्त अधिराज्यस्थित रुसी दूतावासले ट्विट गर्दै षड्यन्त्र सिद्धान्तलाई नाटकको रूपमा मन्चन गरिएको जनाएको छ । बीबीसीबाट ।

अन्य समाचारहरु
विश्वमै आर्थिक मन्दीको खतरा, अमेरिकाको शक्ति खाेस्दै एसिया
श्रीलंकाका नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना नियुक्त
श्रीलंकामा रनिलले लिए राष्ट्रपतिको सपथ