राष्ट्रिय समाचार

एमसीसी पासपछि असन्तुष्ट चीनका विदेशमन्त्रीको आजदेखिको नेपाल भ्रमण कति अर्थपूर्ण ?

बिज्ञापन

काठमाडौ । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैहुनुहुन्छ । उहाँ भारत हुँदै दिउँसो नेपाल अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अनुरोधमा वाङले नेपाल भ्रमण गर्न लाग्नुभएको हो ।

वाङले नेपालका राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । भेटमा दुई देशबीचको सम्बन्ध र विभिन्न परियोजनाबारे छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चीनका उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो । देउवा केही दिनमा नै भारतको औपचारिक भ्रमण गर्ने तयारीमा हुनुहुन्छ ।

नेपालको संसद्ले अमेरिकी अनुदान सम्झौता (एमसीसी) अनुमोदन गर्ने समयमा चिनियाँ अधिकारीहरूले गरेका टिप्पणीसहितका विषयले नेपालको भूराजनीतिक संवेदनशीलता थप उजागर भएको कूटनीतिज्ञहरूले व्याख्या गरिरहेका छन् ।

यसै मेसोमा एमसीसी अनुमोदन गरेको केही साता नबित्दै चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन लाग्नुभएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार चिनियाँ विदेशमन्त्रीको यो भ्रमण तीन दिनको हुनेछ । भ्रमण कार्यक्रमबारे मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गरेको छ।

शुक्रवार (मार्च २५) मा चीनका स्टेट काउन्सिलर समेत रहेका विदेशमन्त्री वाङ यी काठमाडौ आइपुग्ने विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका बेला उहाँले प्रधानमन्त्री तथा राष्ट्रपतिका साथै प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने जनाइएको छ । उहाँ मार्च २७ मा फर्कनुहुनेछ ।

बिज्ञापन