अर्थ

सिएमसीको आयोजनामा २ दिने तालिम शुरु

बिज्ञापन

सुखड, २६ जेठ
कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको आयोजनामा कैलालीको सुखडमा २ दिने ‘अभिलेख व्यवस्थापन’ तालिम शुरु भएको छ ।

बिज्ञापन

तालिमको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कुन)का सञ्चालक माधव प्रसाद जोशीले उद्दघाटन गर्नुभएको छ । सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशीको सभापतित्वमा भएको तालिम उद्दघाटन कार्यक्रममा प्रमुख अतिथि रहनुभएको जोशीले सिएमसी कैलालीले स्थापनाकालदेखि सहकारी अभियानलाई अगाडि बढाउन उल्लेख्य योगदान दिइरहेको चर्चा गर्नुभयो । ‘सहकारी संस्थामा कार्यरत व्यवस्थापक साथिहरु आवद्ध संस्था भएकोले यसले समग्र सहकारी अभियानका समस्यालाई राम्रोसँग बुझेर अगाडि बढिरहेको छ ।

त्यसैले क्लबले पक्कैपनि कैलालीको मात्र नभएर समग्र देशकै सहकारी अभियानलाई टेवा पु¥याउनेमा विश्वास गर्न सकिन्छ ।’–जोशीले भन्नुभयो । नेफ्स्कुनले स्थानिय पालिकाहरुसँगको सम्झौतामा आधारशिला कार्यक्रम मार्फत सहकारी क्षेत्रलाई सुधार गर्ने योजना अगाडि बढाएको समेत उहाँले जानकारी दिनुभयो ।

सिएमसी कैलालीका उपाध्यक्ष लालबहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम क्लबका सचिव नरेन्द्र टमट्टाले संचालन गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै घोडाघोडी नगरपालिका सहकारी शाखा प्रमुख हेमाकान्त सुवेदीले घोडाघोडी नगरपालिका क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई राम्रो बनाउनको लागि आफ्नो तर्फबाट पुरा प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले नेफ्स्कुनले संचालनमा ल्याएको आधारशिला कार्यक्रमलाई घोडाघोडी नगरपालिकामा लागु गर्न समेत आफ्नो तर्फबाट पहल गर्ने बताउनुभएको छ । तालिममा कैलाली जिल्लाका २२ सहकारीका व्यवस्थापक तथा सहायक तहका कर्मचारीहरुको सहभागिता रहेको छ ।

शुक्रबार समापन हुने उक्त तालिममा पहिलो दिन प्रशिक्षकहरु लालबहादुर भण्डारी, नवराज न्यौपाने र विष्णु प्रसाद जोशीले सहजिकरण गर्नुभएको थियो । सिएमसी कैलालीले विशेष गरेर कैलाली जिल्लामा सहकारी शिक्षा तथा कर्मचारी तथा संचालकहरुका लागि आवश्यक विषयगत तालिमहरु संचालन गर्ने मुख्य उदेश्य रहेको सिएमसी कैलालीका अध्यक्ष जैशीले जानकारी दिनुभयो ।

बिज्ञापन