पेट्रोलको मूल्य १८२ रुपैयाँ पुग्ने !

काठमाडौं । नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ ।
निगम ३५ अर्ब रुपैयाँ घाटामा गएपछि सरकारले भारतबाट जतिमा पेट्रोलियम पर्दाथ खरिद गर्छ, त्यति मूल्यमा नै पेट्रोलियम पदार्थ बिक्री गर्ने गरी नयाँ प्रणाली लागु गर्न लागेको हो ।

उक्त प्रणाली लागु भएमा पेट्रोलको मूल्य १८२ रुपैयाँ पुग्ने छ भने डिजेलको १७० रुपैयाँ १७ पैसा नाघ्ने छ । खाना पकाउने ग्यासको मूल्य २५२८ रुपैयाँ ६६ पैसा पुग्ने छ ।
अहिले पेट्रोलको भाउ १५५, डिजेल १३८ र खाना पकाउने ग्यासको भाउ प्रति सिलिन्टर १५७५ रुपैयाँ छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
अर्थमन्त्री जनार्दन शर्मा सहितको उच्चस्तरीय सरकारी अधिकारी सहितको बैठकले एक महिनाभित्र स्वचालित मूल्य प्रणाली लागू गरिसक्ने सहमति गरेको हो ।
नेपाल आयाल निगमको संचालक समितिले औपचारिक निर्णय गरेर नयाँ मूल्य निर्धारण गर्ने छ।
६ महिना अगाडि १९ अर्ब रुपैयाँ संचित मुनाफा र १४ अर्ब रुपैयाँ मूल्य स्थिरीकरण कोष रहेको निगम अहिले ३५ अर्ब रुपैयाँ घाटामा गइसकेको छ।