अर्थ

विद्युतीय प्रणालीमार्फत हुने कारोबार एक महिनामा करिब १० खर्बले घट्यो

बिज्ञापन

काठमाडौं । विद्युतीय प्रणलीहरुमार्फत हुने कारोबार एक महिनामा करिब १० खर्ब रुपैयाँले घटेको छ ।

बिज्ञापन

चालू आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ८ करोड ५८ लाख १९ हजार ८८५ पटक विद्युतीय माध्यमबाट लेनदेन हुदाँ ३५ खर्ब ४६ अर्ब ७३ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो महिना असोजमा मात्रै ४५ खर्ब ५१ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो । असोजको तुलनामा कार्तिक महिनामा करिब १० खर्बको विद्युतीय कारोबार घटेको छ ।

कार्तिक महिनामा विद्युतीय माध्यमहरुमा सबैभन्दा बढी आरटीजीएस प्रणलीमार्फत २२ खर्ब ४७ अर्ब ४९ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एटीएममार्फत ३ खर्ब ४९ अर्ब ९९ करोड १ लाख, ईसीसीमार्फत ३ खर्ब ३५ अर्ब ५२ करोड ९ लाख, आइपीएसमार्फत २ खर्ब १८ अर्ब ३० करोड ९ लाख, कनेक्ट आइपीएसमार्फत १ खर्ब ३३ अर्ब १२ करोड ४ लाख, डेबिट कार्डमार्फत ९६ अर्ब ९ करोड २ लाख, क्रेडिट कार्ड मार्फत ९२ अर्ब ४० करोड १ लााख, प्रिपेड कार्डसमार्फत ३२ अर्ब १ करोड ७ लाख, इन्टरनेट बैंकिङमार्फत २० अर्ब २४ करोड ६ लाख, मोबाइल बैंकिङमार्फत १० अर्ब ९० करोड ६ लाख, ब्रान्चलेस बैकिङमार्फत ६ अर्ब २३ करोड ५ लाख, वालेटमार्फत १ अर्ब ६२ करोड ४ लाख, क्यूआर पेमेन्टमार्फत १ अर्ब ३० करोड २ लाख, पीओएसमार्फत ८६ करोड ३ लाख र ई–कर्मसमार्फत ५९ करोेड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

बिज्ञापन