
धनगढी । कसैले स्पष्ट बहुमत नल्याएकोले नेपाली कांग्रेस कैलालीको नयाँ सभापति चयन गर्न बिहीबार मतदान हुँदैछ । पहिलो चरणमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नआएपछि दोस्रो चरणमा मतदान हुन लागेको हो । पहिलो चरणको निर्वाचनमा जम्मा दुई हजार ५८६ मतदाता रहेकोमा दुई हजार ५७६ मत खसेको थियो । खसेकोमध्ये ४८ मत बदर भएको थियो ।
पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा उत्रिएका थिए । सोमबार सकिएको मतगणनाअनुसार बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए । तर, कसैको पनि ५० प्रतिशत मत नआएकाले दोस्रो चरणमा बिहीबार मतदान हुन लागेको हो । अब बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ ।

यस पटक डा शेखर कोइरालानिकट उम्मेदवार कलेलले भने दोस्रो चरणमा बमलाई समर्थन गर्ने कुरा बिशेष सुत्रले बताएको छ । कलेलले बुधबार पत्रकार सम्मेलनमार्फत आफूले बमलाई सभापतिमा सर्मथन गर्ने घोषणा गरेको बताएका छन् । यस्तै उनले आफ्ना मतदातालाई अब सभापतिका उम्मेदवार प्रकाश बमलाइ मत दिन आग्रह समेत गरेका छन् ।

अन्य समाचारहरु
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै
जनता क्याम्पसमा समाजवादीनिकट अनेरास्ववियुका यावद बिजयी
सुर्खेतका ३ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी