खोटाङ । खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको रौतामाई गाउपालिका–४ का २६ बर्षीय प्रताप खड्का रहेका छन् ।
विज्ञापन

उदयपुरको गाईघाटबाट खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दिलैँची हुँदै मात्तिमविर्तातर्फ जाँदै गरेको ना ३ ख ७०३६ नम्बरको बसको छतमा चढेकोबेला विद्युतको नांगो तार छुन पुग्दा करेन्ट लागेको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका खड्काको उपचारका लागि उदयपुर अस्पताल पु¥याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । बसको छतबाट सामान झार्नेक्रममा खड्कालाई आइतबार दिउँसो करेन्ट लागेको हो ।
विज्ञापन

अन्य समाचारहरु
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु
ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी