घटना समाचार

टीकापुर आइरहेको बस लखनऊमा दुर्घटना, १४ जना नेपाली मृत्यु भएको आशंका, तीन जना नेपालीको सनाखत

बिज्ञापन

टीकापुर, २५ पुष । टीकापुर आइरहेको बस लखनऊमा दुर्घटना भएको छ जसमा १४ जना नेपाली मृत्यु भएको आशंका गरिएको छ र अहिलेसम्म तीन जना नेपालीको मात्र सनाखत भएको छ ।

बिज्ञापन


लखनऊ भारतीय प्रहरीले दिएको जानकारी अनुसार भारतको उत्तर प्रदेशस्थित लखनउको उन्नाउ भन्ने ठाउँमा बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्युको थियो भने चालक सहित १४ जनाको मृत्यु भएको आशंका गरिको छ । सनाखत भएका नेपाली मध्ये टीकापुरको ब्यायवसाय क्षेत्रमा बस्ने चन्द्रबहादुर साउँद, ज्योतिनगर बस्ने ललित साउँद, कमला बोहरा रहेका छन् । घाईतेको लखनऊको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


बस भारतको गुजरातबाट नेपाली यात्रु लिएर टीकापुर आइरहेको थियो । बसलाई विपरीत दिशातर्फ जाँदै गरेको अर्को सवारी साधनले ठक्कर दिएको भारतीय प्रहरीले बताएको छ ।


बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीको आशंका रहेको छ । बसमा नेपालीसँगै भारतीय नागरिक पनि सवार रहेको बुझिएको छ ।

बिज्ञापन