राजनीति

एमाले जानकी गाउँ कमिटिमा समस्या

बिज्ञापन

नेकपा (एमाले) जानकी गाउँपालिका कमिटि संकटमा परेको छ । पार्टीको गाउँ सभाले चुनेका अध्यक्ष खकेन्द्र भण्डारीलाई हटाएर जिल्ला नेतृत्वले उपाध्यक्ष बुद्धिबहादुर चौधरीलाई अध्यक्ष तोकेपछि गाउँ कमिटिमा रहेका सदस्यहरु नै निष्क्रिय बसेका छन् । अध्यक्षले पटकपटक बोलाएका बैठकहरु गणपूरक संख्या नपुगेर स्थगित भैरहेका छन् । गणपूरक संख्या नै नपुगेपछि अध्यक्ष चौधरी दिक्दार हुनु भएको बताइएको छ ।

बिज्ञापन

शनिबार बोलाइएको बैठकमा उपस्थित पदाधिकारी र सदस्यहरुले पार्टी एक बनाउन आफूहरु भएका पद पनि त्याग्न तयार भएको तर जिल्ला नेताहरुले निकास दिनुको साटो खेलबाड गरिरहेको भन्दै दुःख व्यक्त गरेका छन् ।
एमाले जानकी गाउँपालिका सचिव उत्तम चौधरीले माथिल्ला कमिटिका कारण गाउँकमिटि अनिर्णयको बन्दी हुनु परेको बताउनु भयो ।

गाउँभेलाले चुनिएको नेतृत्व जिल्लाले फेरिदिएपछि अध्यक्ष चौधरीले एक महिनासम्म बैठक नै राख्नु भएको थिएन । अहिले काम नगर्दा पार्टीका माथिल्लो तहका नेताले दवाव दिने, काम गर्न खोज्दा कमिटिकै सदस्यहरुले साथ नदिने परिस्थिति सृजना भएको बताइएको छ ।

पार्टीका अधिवेशनताका का अध्यक्ष मण्डलका संयोजक टेकबहादुर बमले गाउँ भेलाले छानेको कमिटि जिल्ला नेताले फेरबदल गरिदिएपछि समस्या भैरहेको बताउनुभयो । बमका अनुसार पदमा जो भएपनि प्रक्रिया गलत भएकाले मिलाउनुपर्ने भन्दै कमिटिका सदस्यहरु अनुपस्थित हुने गरेका छन् ।
जानकी गाउ“पालिका एमाले असन्तुष्ट पक्षले जिल्ला र प्रदेशमा उजुरी गरेपनि ती कमिटिले कुनै निर्णय दिएका छैनन् ।

बिज्ञापन