अनौठोविकास

आज बाट रेल चल्ने

बिज्ञापन

काठमाडौ;जयनगर देखी कुर्था सम्मको रेलमार्गमा आज देखि रेल सञ्चालन हुने जानकारी आएको छ।

लामो समय पाल ओढाएर राखेका २थान रेल उद्घाटन हुनु अघि यात्रु विनाको(खाली) चलाउन लागिएको नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झाले जनाउनु भयो ।

बिज्ञापन

सनिवार देखि नै रेलको लिकमा लगाइ रहेका हाटबजार लगाउन र उक्त क्षेत्र क्रस गरेर आवागमन गर्न रोक लगाइएको छ। रेलवे लिकको बिचबा क्रस गरी संचालनमा रहेको बाटो पनि बन्द गरिएको छ ।

यस अघि ओली नेतृत्वको नेकपाको सरकार रहदा २०७७ असोज २मा ८४ करोड ६५ लाख रुपैयामा भारतीय कम्पनी बाट खरिद गरिएका दुइ थान रेल पाल ओढाएर राखेको अवस्थामा छ्न यसरी लामो समय सम्म बन्द रहदा रेलका विभिन्न पार्ट्पुर्जा हरु खराव हुन सक्ने भएकोले खाली चलाउने निर्णयमा पुगेको नेपाल रेल्वे ले जनाएको छ।
हाल धनुषाको इनरुवामा पाल ओढाएर राखिएको अवस्थामा छ। हाल रेलको लिग जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटर मात्र रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।