अनौठोटीकापुर

टीकापुरमा भयंकर र डरलाग्दो जलचर

बिज्ञापन

कैलाली जिल्लाको भजनी नगरपालिका तथा टीकापुर नगर पालिको एकदमै राम्रो स्थल मोहना र पथरिया नदिमा अति ठुलो डरलागर्दै दुर्लभ जलचर प्राणी घडीयाल र डँल्फिन देखीन थालेका छन ।

बिज्ञापन


यी स्थानहरु मा दुर्लभ जलचर प्राणी डल्फिनहरुले आफनो वासस्थान पहिले देखी नै बनाउदै आएका थिए । स्थानियहरुका अनुसार अति ठुलो डरलाग्दो जलचर प्राणी घडीयाल पहिचान भएको एक दुई वर्ष भयो । सुरुमा स्थानिएले यसलाई गोही भनेका थिए तर अहीले यसका बारेमा थाहा भएको छ ।


त्यस ठाउमा लगभग १३ देखी १४ वटा घडीयाल देखीएका छन । त्यीँ घडीयालहरुले त्यस ठाउँमा आफनो वासस्थान बनाएको बताइन्छ । पथरिया र गैरिनालाको दोमानमा मात्रै करिव ४ वटा वयस्क घडीयाल दैनिक जसो देखीने कुरा स्थानियहरुले बताएका छन् । विश्वभर सयौंको संङ्ख्या मा मात्र यि जलचर पाइन्छन् ।


स्थानिय भाषामा यसलाई नाको भन्ने गरिएको छ । यस प्राणीले मानवलाई कुनै आघात नगर्नै यसको अनुसन्धानमा लागेका विज्ञहरुले बताएका छन । यस प्राणी लाई हाम्रो गाउँघरमा सजिलोसँग देखन र अवलोकन गर्न पाउनु भनेको हाम्रो लागी धेरै राम्रो कुरा हो । हामीले यसलाई संरक्षण र सम्ववद्धन गर्नु हाम्रो दायित्ववपनि हो, स्थानिय समाजसेवी तथा संरक्ष्णक्रमी ललीत भण्डारी बताएका छन ।


उक्त ठाउहरुमा अतिसंकटापुर्ण दुर्लभ जलचर प्राणी घडीयाल , अवलोकन गर्न आन्तरिक र वाह्रय गरेर २५० जना प्रयटकहरु आइसकेका छन भन्ने भोजराज ढुगांनाले बताउनुभएको छ । लामो समयदेखी उक्त ठाउँ डल्फिन संरक्षणको रुपमा स्थापित हुदै आएको र पटक पटक विभिन्न संघ संस्थाहरुले डल्फिन संरक्षणको नाममा विभिन्न कार्यक्रम गरेर आफनो सोझयाउने गरेको कसरा स्थानियहरुले बताउने गरेकाछन् ।

बिज्ञापन

Leave a Reply