विज्ञापन

२५ माघ, लमजुङ । लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । लमजुङ सदरमुकाम बेंसीसहरलगायतका स्थानमा पनि भूकम्प धक्का महसुस गरिएको स्थानीयले जानकारी दिएका छन् ।
बुधबार बिहान ७ बजेर १७ मिनेट जाँदा लमजुङको बुलबुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसअघि कात्तिकमा सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।
विज्ञापन

अन्य समाचारहरु
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते
बर्दियामा बाघको आक्रमणबाट दुईजना महिलाको मृत्यु
ग्लोबल ओरियन्स नेपाल प्रा.लि. को नामबाट ठगी गर्ने ८ जना पक्राउ