टीकापुर

टीकापुर नगरपालिकाद्धारा डगौरा थारु भाषाको बाल पुस्तक हस्तान्तरण

बिज्ञापन

टीकापुर । टीकापुर नगरपालिकाले पालिका भित्रका ३४ ओटा सामुदायिक विद्यालयलाई डंगौरा थारु भाषाको बाल पुस्तक हस्तान्त्रण गरेको छ । द एसिया फाउन्डेशन नेपालको सहयोगमा छापिएको उक्त बाल पुस्तक एक कार्यक्रमका बिच नगर प्रमुख रामलाल डंगौरा थारुले विद्यालयलाई हस्तान्त्रण गर्नु भएको हो ।
पुस्तक हस्तान्त्रण गर्दै प्रमुख थारुले देश संघियतामा गइसकेपछि सबैले आआफ्नो पहिचान खोज्ने वेला थारु भाषाको बाल पुस्तक विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले टीकापुर नगरपालिका भित्रका अधिकांश विद्यालयमा थारु भाषी बालबालिकाहरुको संख्या बढी भएपनि नेपाली भाषामा पढाई हुनु दुःखको कुरा भएको बताउनुभयो ।
टीकापुरका अधिकांश विद्यालयमा थारु भाषी विद्यार्थी भएपनि शिक्षकहरु सबैले थारु भाषा बोल्न नजान्दा समस्या आउन सक्ने भएकोले शिक्षकहरुलाई पनि थारु भाषा सम्बन्धि तालिम दिनसके राम्रो हुने बताउनु भयो ।
द एसिया फाउन्डेशन नेपालका समिरा राज भण्डारीले स्थानिय भाषामा पठनपाठन गर्दा बालबालिकाले छिटो र सहज तरिकाले सम्झन सक्ने भएकोले आफुहरुले स्थानिय भाषाका बाल पुस्तकमा काम गर्न थालेको बताउदै द एसिया फाउन्डेशन नेपालले हाल ८ वटा भाषामा बाल पुस्तकहरु प्रकाशन गरेको जानकारी गराउनु भयो ।
पुस्तक हस्तान्त्रण कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरी, शक्तिदेवि आधारभूत विद्यालयका प्रधानाध्यापक कासिराम ढुंगाना लगायतले बोल्नु भएको थियो । 
 

बिज्ञापन
बिज्ञापन