टीकापुर

डोजर चलाउनुमा हाम्रो हतार भयो– उपप्रमुख खड्क शाह

बिज्ञापन

टीकापुर, २३ मंसिर । टीकापुर नगरपालिकाका उपप्रमुख खड्क शाहले डोजर चलाउनुमा आफ्नो हतार भएको बताउनु भएको छ ।

बिज्ञापन

उहाँले हामीले गहन रुपमा जाँच गरेर, सबै विज्ञहरुको राय–सल्लाह लिएर अतिक्रमित भनिएको ठाउँमा डोजर चलाएको भए आज टीकापुर नगरपालिकामा ताल लाग्ने स्थिति नआउने बताउनुभयो । टीकापुरभित्र रहेका जतिपनि अवैध रुपमा जग्गा अतिक्रमण गरिएका छन् ती सबै नगरपालिकाले एक न एक दिन अवश्य खाली गराउने नै छ तर ती जग्गाहरुको गहन रुपमा जाँच नगर्दासम्म हतारमा अब खाली नगराउने प्रतिबद्धता पनि जाहेर गर्नुभयो साथै अहिले नगर प्रमुख काठमाडौं जानु भएकोले उहाँ आउँदा साथ गहन रुपमा पिडित पक्षको गुनासोमाथि छलफलगरि त्यसको चाँडोभन्दा चाँडो समाधान गरिने बताउनुभयो । ताला लगाउनु समस्याको समाधान होईन, नगरपालिकाको सबैले सेवा पाउनु पर्छ, कोहिपनि यसबाट बञ्चित हुनुहुँदैन त्यसको लागि पिडीत पक्षले पनि न्याय खोज्नुको विकल्प केवल तालाबन्दी गर्नु मात्र नभएर न्याय पाउनुको थुप्रै बाटाहरु छन्, ती बाटाहरुमा हिडे आफूपनि कटिबद्ध भएर उनीहरुको साथ दिने आश्वासन दिनुभयो ।

उता पिडीप पक्षकी बिमला बोहराले जबसम्म आफ्नो माग पूरा हुँदैन तबसम्म टीकापुर नगरपालिकाको गेटमा ताला लगाई राख्ने बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो कि हामी वाड नं. ४ का वडा अध्यक्ष लालवीर चौधरीलाई आफूहरुले नापी शाखाबाट राजश्व बुझाएको कागज देखाउँदै अमिन नआउँदासम्म डोजर नचलाईन दिन बारबार आग्रह गर्दा पनि अटेर गरेर डोजर चलाएर आफूले बनाएको संरचना र करेसाबारी भत्काई दिएकोमा आक्रोश व्यक्त गर्दै अब जबसम्म क्ष्यतिपूर्ती पाईदैन तबसम्म ताला लगाई राख्ने बताउनुभयो ।

स्मरण रहोस कि नगरपालिकाले अवैध भनिएको जग्गा पिडीत पक्षले हिजो टीकापुर नापी शाखाबाट अमिन ल्याएर नाप–जाँच गर्दा उनीहरुको ठहर भएको पिडीत पक्षले बताएको छ ।

वाडा नं. ४ का वडा अध्यक्ष लालवीर चौधरीसंग बुझ्न खोज्दा आफू हिजो कार्यलयको कामले मिटीङमा व्यस्त भएकाले अमिन आएको समयमा उक्त स्थानमा उपस्थित हुन नसकेको र आफूहरुले सबै प्रक्रिया पूरा गरेर मात्र संरचना भत्कोएको दाबी गरे । उनले भने यदि पिडीत पक्षले अतिक्रमण गरिएको जग्गाको सबूत–प्रमाण ल्याएको खण्डामा बसेर समस्याको समाधान गरिने बताए ।

टीकापुर नगरपालिकाले मंसिर २० गते वडा नं. ४ मोरनियाँमा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन डोजर लगाएको थियो । त्यसै क्रममा नरेन्द्र बोहराले नगरपालिकाले भनिएको अवैध ठाउँमा केहि संरचना र करेसाबारी बनाएका थिए र नगरपालिकाले अवैध रुपमा सरकारी जग्गामा बनाएको भनि डोजर लगाएर संरचना भत्काएको थियो ।

बिज्ञापन