राष्ट्रिय समाचार

कलकत्ताको सुन्तला महोत्सवमा नेपाली पहिचान झल्कदै

बिज्ञापन

कलकत्ता (भारत), मंसिर २३ गते । एसीयाली राष्ट्रहरुको ग्रामीण क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भारतको कलकत्तामा आजबाट सुन्तला महोत्सव शुरु भएको छ । ग्रामीण क्षेत्रको पर्यटनलाई माथि उकास्न भारत पश्चिम बंगालको राजधानी कलकत्तामा आयोजना गरिएको महोत्सवमा सहभागी हुन नेपालका बिभिन्न जिल्लाबाट पर्यटन ब्यवसायी कलकत्ता पुग्नुभएको छ । 

बिज्ञापन

महोत्सवमा नेपाली सुन्तला, एभोकाडो, अकबरे खुर्सानी चियाजस्ता कृषिजन्य बस्तु र ढाकाका कपडा प्रदर्शनमा राखिएको छ । महोत्सवमा पूर्वी नेपालका राई लिम्बु जातिको जातीय नाँच, बर्दियाका थारु समुदायको जातीय नाच प्रदर्शन गरिने छ । तीन दिनसम्म चल्ने महोत्सवमा नेपाल, भारत, भुटान लगायत देशका गरी ३० बढी स्टल राखिएको एसोसीएसन फर कन्जरबेसन एण्ड टुरिजमका संयोजक तथा महोत्सव संयोजक राज बासुले जानकारी दिनुभयो । 

कलकत्ताको सल्टलेक सिटिसेन्टरमा सम्पन्न हुने महोत्सवमा भाग लिन प्रदेश १ को इलाम, धनकुटा, पाँचथर, झापाका पर्यटन ब्यवसायी र होमस्टे ब्यवसायी आफना परिकार र कोशेली लिएर कलकत्ता पुगेको छन् । महोत्सवमा उपस्थित राष्ट्रहरुको ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिने झापाका पर्यटन ब्यवसायी अर्जुन कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो महोत्सवले ठूलो संख्यामा नेपालमा पनि पर्यटक पुग्ने सम्भावना बढाएको छ ।’ देशको स्थानीय उत्पादनको प्रचार गर्न भारत, भूटान र बंगलादेशका पर्यटकलाई नेपालमा बोलाउन महोत्सवको विशेष महत्व रहेको उहाँको भनाइ छ । नेपाली सुन्तलाको चर्चा महोत्सवमा अत्यधिक हुनेगरेको छ । 

सन् १९८६ मा दार्जिलिङमा गोर्खाल्याण्डका समर्थक र बंगालका समर्थकबीच भएको द्वन्द्वले पारेको असरका कारण गोर्खाली र बंगालीबीच दूरी बढेको थियो । जसले नेपाल, भारत, भूटान र बंगलादेशको पर्यटनमा प्रत्यक्ष असर परेको थियो । सो असरलाई कम गर्न र पर्यटन प्रबर्धन गर्ने उद्देश्यका साथ सुन्तलालाई प्रमुख आकर्षण बनाएर महोत्सवको थालनी भएको आयोजकको भनाइ छ । 

बिज्ञापन