Uncategorized

काठमाडौंमा घण्टी बज्दा एमाले १ सीटमा खुम्चियो, कांग्रेस र स्वतन्त्र पार्टी प्रतिस्पर्धीमा

बिज्ञापन

काठमाडौं । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १० वटा सीट रहेको राजधानी काठमाडौंका सबै क्षेत्रको मतगणना लगभग सकिँदा ५ सीट जितेर कांग्रेसले अग्रता कायम गरेको छ ।

बिज्ञापन

कांग्रेसबाट क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह,३ मा सन्तोष चालिसे,४ मा गगन थापा,५ मा प्रदीप पौडेल र १० मा राजेन्द्र केसी विजयी भएका छन् । काठमाडौंमा कांग्रेस उम्मेदवार रहेका क्षेत्रमध्ये ६ नम्बरमा भीमसेनदास प्रधान मात्र पराजित भएका छन् ।

काठमाडौंमा घण्टीको उदयले सबैभन्दा ठुलो धक्का नेकपा एमालेले व्यहोरेको छ । २०७४ सालको निर्वाचनमा काठमाडौंका १० मध्ये ६ सीटमा जितेको एमाले यस पटक एक सीटमा खुम्चिएको छ ।

काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठबाहेक एमालेका अरू सबै उम्मेदवार पराजित भएका छन् । काठमाडौं १ बाहेक सबै क्षेत्रमा कांग्रेस र स्वतन्त्र पार्टीका उम्मेदवारको मुख्य प्रतिस्पर्धी एमाले बनेको छ । गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्र र नेकपा एसका उम्मेदवार भने प्रतिस्पर्धामै आउन सकेनन् ।

त्यस्तै पहिलो पटक चुनावी मैदानमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ५ मध्ये ४ सीट जितेर सानदार प्रदर्शन गरेको छ । काठमाडौं २ मा सोबिता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले जित निकाल्दा ती सबै क्षेत्रमा मुख्य प्रतिस्पर्धी एमाले बन्यो । यस्तै काठमाडाैं ६ मा शिशिर खनाल जित नजिक पुगेका छन् । केही मत गन्न बाँकी भएपनि प्रतिस्पर्धी भन्दा धेरै अगाडि रहेकाले खनालकाे जित निश्चित छ ।

काठमाडौंको समानुपातिक मतमा भने घण्टी पहिलो नम्बरमा छ ।

बिज्ञापन