Uncategorized

इपीएस परिक्षाको विवाद आन्दोलनमा परिणत २६ बर्षिय युवाको मृत्यु आन्दोलनरतले जलाए संघीय मन्त्रीको गाडी।

बिज्ञापन

काठमाडौ , ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्दै आएको बा २ झ ५८६१ नम्बरको गाडीमा इपीएस परीक्षाको विषयलाई लिएर उत्पन्न भएको विवादमा आन्दोलनकारीले आगजनी गरेका छन् भने प्रहरीले चलाएको गोलि लागी एकजनाको मृत्यु भएको छ।

बिज्ञापन

उनिहरुले मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर आगजनी गरेका हुन्।

ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने भएपछि आक्रोशित हुँदै बाँकीले आन्दोलन गरेका हुन् ।
अहिले आन्दोलनकारीले सडक अवरुद्घ गरेका छ्न ।

ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएका युवाहरुले रिङ्ग रोडमा आएर सडक अवरुद्ध पारेका थिए । त्यसक्रममा उनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी रोके । मन्त्री र पीएसओ गाडीबाट ओलिएपछि उनीहरुले आगजनी गरेका हुन।

प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । १७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन