राष्ट्रिय समाचार

सनातन धर्मावलम्वीद्वारा मन्त्री किरातीको बर्खास्तीको माग गर्दै सडक प्रदर्शन

बिज्ञापन

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको बर्खास्तीको माग गर्दै प्रदर्शन भएको छ ।

बिज्ञापन

सनातन धर्मावलम्वीहरु सोमबार गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किरातीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन् । उनीहरुले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा मागेका थिए ।

राप्रपाका महामन्त्री धवलशमशेर राणाले मन्त्री किरातीलाई पदमुक्त गराइने छाड्ने उद्घोष गरेका छन् । उनले देशमा हिन्दुराष्ट्र सहितको राजतन्त्र नआएसम्म सडकमा प्रदर्शन जारी राख्ने उल्लेख गरे । .

संसद् भवन नयाँ बानेश्वर पुगी धर्ना कार्यक्रम गर्ने भनेपनि प्रहरीले निषेधित क्षेत्र भएको भन्दै प्रदर्शनकारीलाई संसद् भवन जान रोकेको थियोे । प्रदर्शनकारीले संसद् भवन जान नपाएपछि बानेश्वरको सडकमा कोणसभा गर्दै मन्त्री किरातीको राजीनामा मागेका थिए । साथै, धार्मिक क्षेत्रमा अधार्मिक नियुक्ति पनि खारेजको माग गरेका छन् । उनीहरुले धर्म निरपेक्ष मुर्दावाद, विभेदकारी मन्त्रीलाई कारबाही गरलगायत लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनमा सहभागी भएकाहरुले मन्त्री किरातीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको बताए । 

बिज्ञापन