राष्ट्रिय समाचार

भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजालले बुझाए धरौटी, बुधबार छुट्ने

बिज्ञापन

काठमाडौं- भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् । आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा उनले १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका हुन् । तर उनी बुधबार मात्र रिहा हुने भएका छन् ।

बिज्ञापन

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले उनी बुधबार छुट्न लागेका हुन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले रिजाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर उच्च अदालत पाटनले मंसिर १५ गते उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

बिज्ञापन