घटना समाचार

अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर

बिज्ञापन

डोटी । डोटीमा बस दुर्घटना हुदा १२ जना घाइते भएका छन् । कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानिमा दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् । बस सडकबाट सेती नदी किनारामा खसेको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता भोला कुमार भट्टका अनुसार शनिबार बिहान सवाँ ५ बजेतिर भएको बस दुर्घटनामा परि बस सहचालक घम्भिर घाईते भएका छन् भने ३ जना मध्येम र बाकी ८ जना सामान्य घाइते भएका छन् । घाइतेको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

बसमा २०÷२२ जना सवार थिए । सोही बसमा सवार १८ महिनाको बच्चा हराइरहेको र उनको खोजिकार्य भईरहेको प्रवक्ता भट्टले बताएका छन् । सामान्य मोडमा गाडी दुर्घटना भएको हुँदा तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । बस चालक फरार छन् ।

बिज्ञापन