घटना समाचार

यती एयर दुर्घटना– १० जना विदेशी यात्रु, अधिकांश नेपाली

बिज्ञापन

६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ। 

बिज्ञापन

र्घटनामा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए। जहाज दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन। ‘आगो नियन्त्रणमा आउन सकेका छैन। कसैको पनि उद्धार भइसकेको छैन। आगो निभाउने प्रयास जारी छ,’ घटनास्थलमा रहेका एक प्रहरीले लोकान्तरलाई जानकारी दिए। 

उनका अनुसार जहाज पूरै जलिसकेको छ। अब पंखा मात्र जल्न बाँकी रहेको उनले बताए। घटनास्थल धुवाँमय भएको छ। जहाजमा १० जना विदेशी र ४ जना चालक दलका सदस्य सवार थिए। 

उद्धार कार्य जारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। आगो निभाउने क्रम जारी रहेको पनि उनले बताएका छन्।

बिज्ञापन