घटना समाचार

गोदावरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

बिज्ञापन

धनगढीः कैलालीमा बिहीवार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते भएकी थिइन्।

बिज्ञापन

घाइते जोशीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।
 

बिज्ञापन