राजनीति

निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : विष्णु पौडेल

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ को निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् ।

बिज्ञापन

शनिवार बुटवलमा मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको खेलाडी प्रशिक्षकको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले फराकिलो मतान्तरले एक्ले बहुमत ल्याउने दाबी गरेका हुन् ।

उपाध्यक्ष पौडेलले एमाले एक्लैले निर्वाचनमा बहुमत ल्याउने भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपासँग पनि सहकार्य गरेकाले यो सहकार्यलाई निरन्तरता दिने बताए ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले खेल क्षेत्रको विकासको लागी राष्ट्रले गर्ने लगानी व्यर्थको नभई राष्ट्रले गर्नै पर्ने लगानी भएको बताए । उनले खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताउँदै खेल क्षेत्रको सम्पूर्ण समस्या समाधान गर्न आफू तयार रहेको जानकारी दिए ।

पौडेलले ऊर्जाशील जीवन बिताएका खेलाडीको सम्मानित पूर्वक बाच्नको लागि हामीले निर्वृत्तता, निःशुल्क जीवन बीमा, दुर्घटना बीमासँगै खेल पूर्वाधारको लागि उचित प्रबन्ध मिलाउने बताउने बताए ।

बिज्ञापन