राजनीति

घनश्याम भूसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्य मनोनित

बिज्ञापन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भूसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

बिज्ञापन

बैठकमा भूसाललाई जिम्मेवारी दिने एकमात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले बताए । कम्युनिष्ट नेता भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

बिज्ञापन