Uncategorized

नेपालले जित्यो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

बिज्ञापन

काठमाडौँ । अन्तिम तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले पाँच ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ३–२ ले जितेको छ । कप्तान सन्दीप लामिछानेको नेतृत्वमा अफ्रिकी भूमिमा नेपालले पहिलोपटक ट्वान्टी–ट्वान्टी शृंखला जितेको हो ।

बिज्ञापन

यसअघि भएका चार खेलमा नेपालले दुई र घरेलु टोली केन्याले दुई खेल जितेका थिए । केन्याको राजधानी नैरोबीमा मंगलबार भएको खेलमा नेपालले पहिले व्याटिङ गर्दै ७ विकेट गुमाएर १७५ रन जोडेको थियो । नेपालका लागि व्याटरहरु ज्ञानेन्द्र मल्लले ५९ रन र रोहित पौडेलले ४७ रन जोडेका थिए । अनुभवी व्याटर मल्लले ३ वर्षपछि अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी क्रिकेटमा अर्धसतक प्रहार गरेका थिए । यस्तै, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

एक सय ७६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको घरेलु टोली केन्या ७ विकेट गुमाएर एक सय ४४ रनमा समेटियो । नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कप्तान सन्दीप लामिछाने र बसिर अहमदले समान २–२ विकेट लिए । करण केसी, मोहमद आदिल अलाम र दीपेन्द्रसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो ।

बिज्ञापन