घटना समाचार

सिरक डसना पसलमा आगलागी हुँदा रौतहटमा एकै परिवारका ३ बालबालिकाको मृत्यु

बिज्ञापन

जनकपुरधाम । रौतहटको गौर नगरपालिका-१ स्थित इस्लाम सिरक डसना पसलमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

बिज्ञापन

पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले जानकारी दिए ।

उनका अनुसार २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान जलेर घाइते छन् । उनीहरूको उपचार जारी छ ।

पसलमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ । डीएसपी मल्लका अनुसार घाइतेहरू त्यही पसलमा सुतेका थिए ।

आगलगी गौर नगरपालिकाको वारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

बिज्ञापन