राजनीति

राष्ट्रवादी शक्ति भएकाले एमालेसँग सहकार्य गरेका हौं : कमल थापा

बिज्ञापन

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमाले राष्ट्रवादी पार्टी भएको बताएका छन् ।

बिज्ञापन

राप्रपा नेपालको निर्वाचन केन्द्रित मकवानपुर जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दैै उनले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने देशीविदेशी शक्तिहरु लागिपरेको आरोप लगाए ।

उनले भने, ‘राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने देशीविदेशी शक्तिको योजनावद्ध षड्यन्त्रलाई परास्त गर्न राप्रपा नेपालले एमालेसँग सहकार्य गरेको हो ।’

उनले आफ्नो राजनीतिक जीवन समाप्त पार्न चाहने तत्वको प्रयास सफल नहुने दाबीसमेत गरे ।

बिज्ञापन