राजनीति

मन्त्री पदबाट हट्न तयार छु : सुदन किराती

बिज्ञापन

काठमाडौं । संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले आफु मन्त्री पदबाट हट्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफु मन्त्री पदबाट हट्न तयार रहेको बताएका हुन् ।

बिज्ञापन

उनले भनेका छन्, ‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु, मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो सर्त होइन । अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं ।’

गत पुस १० गते माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै उनी संस्कृति तथा पर्यटनमन्त्री नियुक्त भएका थिए । अहिले सरकारमा जनमत पार्टीलाई सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले माओवादीका एक मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

बाहिर मन्त्री किराती र सामान्य प्रशासन मन्त्री अमनलाल मोदीमध्ये एकलाई हटाउने चर्चाकाबीच मन्त्री किरातीले आफु पदबाट हट्न तयार रहेको बताएका हुन् ।

बिज्ञापन