खेलकुद

फर्नान्डेज बने ‘उत्कृष्ट’ युवा खेलाडी

बिज्ञापन

एजेन्सी । अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजले फिफा विश्वकप–२०२२ मा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन् । कतारको लुसैल रंगशालामा आइतबार राति सम्पन्न फाइनल खेलमा २१ वर्षे फर्नान्डेजले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

बिज्ञापन

अर्जेन्टिनाले पेनाल्टी सुटआउट ४–२ ले हराउँदै उपाधि जित्न सफल भएको थियो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । उसले यसअघि सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो ।

निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो । थप समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी समयमा धकेलिएको थियो ।

फ्रान्सका किलियन एमबाप्पेले ह्याट्रिक गरेपनि अर्जेन्टिनाको जितलाई रोक्न सकेनन् । एमबाप्पे सन् १९६६ पछि विश्वकपको फाइनल ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । १९६६ को विश्वकपमा इङ्ल्यान्डका जिओफ हर्स्टले फाइनलमा पश्चिम जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिजाड्रो पाराडेज र गोन्जालो मोन्सियलले गोल गरे । फ्रान्सका एमबाप्पे र कोलो मुआनीले गोल गरेपनि किङ्स्ले कोमनको बल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनजले बचाइदिएका थिए । यस्तै, फ्रान्सका आर्लियन चुवामेनीको प्रहार बाहिरियो ।

बिज्ञापन