खेलकुद

विदेश भ्रमण फुकुवासहित तीन माग राख्दै सन्दीपले गरे सर्वोच्चमा निवेदन, भोलि पेसी

बिज्ञापन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गर्न सर्वोच्च अदालतमा निवेदन दिएका छन् । पाटन उच्च अदालतले गरेको फैसला बेरितको भएको भन्दै उनले यसलाई आंशिक बदर गर्न माग गरेका हुन् ।

बिज्ञापन

उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् ।

सन्दीपका वकिल सरोज घिमिरेले आज निवेदन दर्ता भएको र भोलि पेसीमा चढ्ने जानकारी दिए । निवेदनमा विदेश भ्रमणको रोक फुकुवा गर्न, धरौटी रकम अत्यधिक भएकाले घटाउन तथा दोषी ठहर नहुँदै आफ्नो गोपनीयता उल्लंघन गरी अपराधिका रुपमा चित्रित गरिएको त्यसलाई रोक्न माग गरिएको छ ।

सरकारी पक्षले पनि उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको थियो । उक्त पुनरावेदनको पेसी भोलिलाई तोकिएको छ । सन्दीपका वकिलले उक्त पुनरावेदनसँगै आफूहरूको निवेदनमा सुनवाइ हुनुपर्ने माग गरेका छन् । यदि सन्दीपको माग सुनुवाइ गर्दै भोलि सर्वोच्चले विदेश भ्रमणको रोक हटायो भने उनी यूएई जान सक्नेछन् ।

बिज्ञापन