खेलकुद

२६ वर्षीया काजल बनिन् अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री

बिज्ञापन

काठमाडौं । काजल श्रेष्ठ नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)की गोल्ड मेडलिस्टसमेत रहेकी २६ वर्षीया श्रेष्ठले वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६औं इन्टरनेशनल ग्योरोगी रेफ्री सेमिनारमा उक्त उपलब्धि हासिल गरेकी हुन् ।

बिज्ञापन

अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स पास गरेपछि श्रेष्ठले तेक्वान्दोमा आफू नेपालकै सबैभन्दा कान्छी रेफ्री बनेकी बताएकी छन् । अन्तर्राष्ट्रिय रेफ्री बनेपछि काजलले अब साग र एसियन गेम्स अफिसियल स्तरको तेक्वान्दो खेलाउन पाउनेछिन् ।

फोर्थ डान ब्ल्याकबेल्टधारी श्रेष्ठले शरीर थाकेपनि सपना पूरा गर्न विश्वास र आँट कहिल्यै नथाक्ने भन्दै यसबाट आफू एकदमै खुशी भएको बताइन् । उनले त्रिभुवन आर्मी क्लबबाट तेक्वान्दा खेल्दै आएकी छन् । सन् २०१४ मै ताइवानमा भएको दशौँ जुनियर वर्ल्ड च्याम्पियनसिप खेलेकी श्रेष्ठले २०१९ मा नेपालमै भएको १३औं सागमा ४६ केजी तौलमा स्वर्ण जितेकी थिइन् ।

बिज्ञापन